दार्चुलामा बृहत शैल्यसिखर महाशिबरात्री मेला लाग्दै

Posted on: 29 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी | माघ १५, दार्चुला । बृहत शैल्यसिखर महाशिबरात्री गोकुलेश्वर ऐतिहासीक मेला २०७४ को तयारी थालीएको छ । महाशिबरात्रीको अवसरमा अगामी फागुन १ गतेदेखी ६ गतेसम्म भब्यताकासाथ महोत्सबको आयोजना गर्ने गरी तयारी भइरहेको हो । 

तेस्रो पुस्ता नेपालको आयोजनामा सञ्चालनको तयारी भइरहेको महोत्सबमा राष्ट्रिय नायकहरु, कलाकार, हास्यकलाकारहरुदेखी स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सबमा नायक भुबन केसी, दुर्गेश थापा, महेश औजी, पुस्पा बोहरा, बैकुन्ठ महत, शैगात सामन्त, राम जि कुमार नेपाली, किसन कुवर, सिता केसी, बिष्णु ठडराइ, हास्यकलाकार प्रकास कडेल गुलेली कान्छा, अर्जुन कुवर टिठ बुढो, श्रीकान्त राना, मनोज धामी लगायत रष्ट्रिय र स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने अध्यक्ष भुपेन्द्र सिह धामीले जानकारी दिनुभयो । 


समग्र शुदुरपश्चिमको बिकासको मुहान, कला संस्कृति र सम्पदाको पहिचान भन्ने मुल नारा एब. उदेश्यका साथ महोत्सबको तयारी भइरहेको धामीले बताउँनुभयो । महोत्सबको अवसरमा बाल उद्यान, रमाइलो मेला स्थानिय प्रतिभा, डेउँडा लगायत प्रस्तुतिहरु रहने संयोजक प्रकाश बिष्टले जानकारी दिनुभयो । 

बिगत बर्षहरुको भन्दा पृथक तरीकाले महोत्सबको आयोजना गरीने आयोजकको भनाइ छ । गोकुलेश्वर माबिको प्राङगणमा महोत्सब लगाउँने गरी तयारी भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!