अछाम: घरेलु हिंसा मुद्दामा फरार अभियुक्त यसरी परे प्रहरीको फन्दामा

Posted on: 29 Jan, 2018

कमल रावल/माघ १५, अछाम । घरेलु हिंसा मुद्दामा फरार एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको छ । 

अछाम जिल्लाको पुल्लेतोला बस्ने ५९ बर्षीय ईशरा पार्कीलाई खोज तलास गरि अदालतमा बुझाएको छ । 

अदालतले आज गरेको फैसला अनुसार निज ब्यक्तिाई ३ महीना कैद सहीत ६ हजार ५ सय जरिवाना तोकीएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

प्रहरीले खोजी गर्दा घरमै भेटिएपछी आजै कारागार समेच चलान गरिएको बताईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!