पाँच पुर्नस्थापना केन्द्रको सहभागितामा लागु औषध समन्वयसमिति गठन

Posted on: 30 Jan, 2018

जिवराज बख्रेल | माघ १५, मकवानपुर | मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण तथा उपचारमा कार्यरत पाँच वटा पुर्नस्थापना केन्द्रको सहभागितामा लागु औषध समन्वयसमिति गठन भएको छ। 

हेटौडामा भएको भेलाबाट सुजन थापा, संदिप शाक्य, सौजन डिसी, राजिव श्रेष्ठ, अन्जिल श्रेष्ठ, मनिला खड्गी र फोकल पर्सन अनिल तामाङ्ग सहित ७ सदस्य रहेको समिती गठन भएको हो । समितीले  लागु औषधको क्षेत्रमा भइरहेको कार्यक्रमहरुलाई सुदृढ र प्रभावकारी ढंगले संचालन तथा सम्बन्धित निकायहरुसँग आवश्यक वकालतगर्ने समुहका सदस्य सौजन डिसीले जनाकारी दिनुभयो ।

जिल्लामा विद्यमानलागु औषधको समस्या दिनानुदिन अझै जटिल हुदै गइरहेको अवस्थामा आवश्यक रणनिति तथा पहलकालागि सक्रिय रुपमा अघि बढ्ने कटिबद्धताका साथ गठित सकितीले काम गर्ने जनाइएको  छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!