बैतडीमा ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Posted on: 30 Jan, 2018

माघ १६, बैतडी | ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । 

मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिनुभयो । 

घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट एक्कासि आएको ढुंगाले सोमबार बेलुका राजुको घटनास्थलमै मृत्यु भएको हो भने राजुका श्रीमान् घाइते भएका छन् । 

सोमबार बेलुका ५ बजेतिर ढुंगाले च्यापिएकी राजुको शव राति ८ बजेमात्रै स्थानीयको सहयोगमा निकालिएको हो । महरा दम्पती सोमबार घर निर्माणका लागि ढुंगा निकालिरहेका बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!