धौलागिरिका शहीदलाई माल्यार्पण

Posted on: 30 Jan, 2018

माघ १६, पर्वत | शहीद दिवसका अवसरमा आज बिहानै शहीदको सम्झना गरिएको छ । 

विसं २०६२÷६३ को जनान्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरियो । स्थानीय एकता युवा क्लबको आयोजनामा भएको सभामा स्थानीय सामाजिक व्यक्तिले सरकारले पछिल्लो समय जस्तोसुकै व्यक्तिलाई पनि शहीद घोषणा गरेर मुलुकका लागि योगदान गर्नेहरुको अपमान गरेको आरोप लगाए । 

शहीद परिवारका सदस्य देव शर्मा पौडेलले पछिल्लो समय सरकारले विभिन्न बहानामा शहीद घोषणा गरेको काम अनुचित भएको बताउनुभयो । शिक्षासेवी वसन्तबहादुर सिकेले शहीदले देखाएको बाटामा मुलुक लाग्नुपर्नेमा जोड दिनुभयो । दिवसकै अवसरमा जिल्लाका सात वटै स्थानीय तह र विभिन्न सामाजिक संस्थाले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!