कालीकोटको रास्कोटमा प्रयोगशाला (ल्याब) सञ्चालनमा

Posted on: 30 Jan, 2018

माघ १६, कालीकोट | जिल्लाको रास्कोट नगरपालिकामा पहिलो पटक प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याइएको छ । उक्त नगरपालिकाको सहयोगमा ग्रामीण क्षेत्रमा पहिलो पटक प्रयोगशाला सञ्चालनमा आएको हो । 

नगरपालिका प्रमुख काशीचन्द्र बरालले सो प्रयोगशाला उद्घाटन गर्दै स्थानीय नगर तथा छिमेकी समुदायका लागि अवसरका रुपमा लिएको बताउनुभयो ।

नगरप्रमुख बरालले पछिल्लो समय स्थानीयवासी बिरामी हुँदा रगत तथा खकारलगायतका स्वास्थ परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकालेस्युना स्वास्थ्य चौकीबाट सञ्चालन हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याएको बताउनुभयो । 

लामो समयदेखि स्थानीय अहेव नवराज शाहीले निजी क्लिनिक सञ्चालन गरेर प्रयोगशालाबाट सेवा दिएको भए पनि सरकारी तवरबाट यो सेवा हुन सकेको थिएन । 

स्युना स्वास्थ्य चौकी लाई प्राथमिक उपचार केन्द्रमा विकास गर्न रास्कोट नगरपालिकाले पहल गरिरहेकोे बताइएको छ । सो स्वास्थ्य चौकी जिल्लाको उत्कृष्ट सेवा गर्ने संस्थाभित्र पर्छ । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!