उपचारको जोहो गर्दै दलित दम्पती

Posted on: 30 Jan, 2018

टेकबहादुर शाही/माघ १६, डोल्पा । डोल्पाका एक दलित परिबार छोराको उपचारको लागी चन्दा संकलन गरिरहेका छन । 

ठुलीभेरी नगरपालीका वडा नं ९ मोतीपुरका मनराज नेपालीको १५ बर्षको छोरा धनराज नेपालीको खुट्टको उपचारको लागि यो दलित परिवार चन्दा संकलनमा लागेका हुन ।

धनराजको खुट्टामा समान्य समस्या देखियो उपचार गर्दा गर्दै झनै ठुलो समस्या उत्पन्न भएको नेपाली दम्पतीले बताए । उनीहरुका अनुसार जिल्ला अष्पताल डोल्पामा उपचारको लागी ल्याएका बालकाको चेक जाच पाछी बायाँ खुट्टा अति संक्रमण भएको जिल्ला अष्पतालले जनाएको बताए । 


अस्पतालले समान्य उपचारले नहुने भने पछि थप उपचारको लागि ठुलो अस्पतालमा लैजान सुझाव दिएको मनराज नेपालीले बताए । उनि भन्छन आफुसंग रुपैया छैन सबैलाइ सहयोग मागेर छोराको उपचार गर्न पाए ढुक्कसंग मर्ने थियौ ।

धनराजको तत्काल राम्रोसंग उपचार गर्नु पर्ने जिल्ला अस्पताल डोल्पाले गर्न नसक्ने जिल्ला अस्पताल डोल्पाका डक्टर हिम बिक्रम शाहीले बताए । उनका अनुसार तत्काल ठुला अस्पातलमा लगेर धनराजको बाया खुट्टाको हड्डीको सल्यक्रिया नगरे झनै ठुलो समस्या अउने बताए । खुट्टामा संक्रमण बढ्दै गएकोले धनराजको बाया खुट्टाबाट रगत र पिप बग्ने गरेको छ ।  

एक त दलित परिबार बिहान बेलुका खान कठिन छ त्यसै माथि पनि छोराको अबस्था दैनिक नाजुक बन्दै गएके भन्दै नेपाली दम्पती चिन्तीत भएका छन । धनराजको उपचारको लागि लाखौ रुपैया लाग्ने भएकोले रातदिन लागेर चन्दा मागेर भए पनि सास रहुन्जेल सम्म आसा मानेर उपचार गर्ने नेपाली दम्पतीको झिनो आसा बाकि नै रहेको छ । 

छोराको घाउ झनै गहिरो हुदैछ तर खर्च जुटाउन सकेका छैनौ सबैले सहयोग गरिदिए छोरो बचाउने सपना पूरा हुने भन्दै सदरमुकाम दुनैका घरघर र कार्यालयहरुमा गुहार मागि रहेका छन । 

दलित भएकै कारण पनि सहजता छैन राज्यको कुनै निकायले हाम्रो दुख देख्दैन उनिहरु निरासा ब्यक्त गर्छन । चुनावको बेलामा घरमा आएर ठुलाठुला सपना देखाउने जनप्रतिनिधिले अहिले आफुलाइ दुख पर्दा भने फर्केर पनि नहेर्ने गरेको गुनासो पोखेका छन । 

स्थानीय तहको सरकारबाछ केहि पहल भए छोराको उपचारमा केहि राहात पुग्ने आसा गरेको भए पनि कसैले आफना दुख नसुनिदिएको उनिहरुको दुखेसो रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!