युवा जनस्वयमसेवको भेला कञ्चनपुरको अध्यक्षमा पुनः कुँवर

Posted on: 31 Jan, 2018

भाष्कर केसी | माघ १७, कञ्चनपुर | राष्ट्रिय युवा जनस्वयम सेवकको महेन्द्रनगरमा भेला सम्पन्न भएको छ । मंगलबार नेकपा निकट राष्ट्रिय युवा जनस्वयम सेवक कञ्चनपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको हो । 

भेलामा बोल्ने वक्ताहरुले देश परिर्वतनका संम्वाहक युवाशक्ति भएकाले आज देशमा सहि नीति व्यवस्था नभएका कारण उत्पादनशील युवा विदेशीन बाध्य भएको चिन्ता व्यक्त गरिएका छन् । राष्ट्रियतामाथी प्रहार हुँदा पनि सरकार चुप लागेर बसेको बताउदै वक्ताले युवाले राष्ट्रियताका लागि जाग्नुपर्नेमा जोडदिएका छन् । भेलाको नेकपा महाकाली ब्यूरो इन्चार्ज असिनाले उद्घाटन गर्दै माओवादीले परिर्वतनका लागि थालेको क्रान्ति पुरा नभएको बताउदै त्यो युवाको हातमा रहेको बताए । ठुला पार्टीहरुले जनतालाई नाराले झुक्याईरहेको आरोप लगाउदै उनले जनतालाई झुक्याएर देशको भलो नहुने बताए । 

भेलाले भुवन कुँवरकै अध्यक्षमा पुनः १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष मन मोहन जोशी, सचिव नेपाली, कोषाध्यक्ष राजु साउद रहेका छन् । नयाँ कार्य समितिले कञ्चनपुरका युवाका समस्याका साथै राष्ट्रिय, स्थानीय विषयमा काम गर्ने उद्घोष गरेका छन् । हरेक क्षेत्रमा हुने विकृती बिरुद्ध युवाले शसक्त भएर अभियान थाल्ने जनाउदै युवाको हितमा काम गर्ने उद्घोष गरेका छन् । राष्ट्रिय युवा जनस्वयम सेवक कञ्चनपुरका नव उपाध्यक्ष मन मोहन जोशीले युवाका समस्या बुझ्दै राष्ट्रियताको क्षेत्रमा युवाले काम गर्ने बताए । उपाध्यक्ष जोशीले महंगी, जुवातास, बढ्दो वेश्यावृति र राष्ट्रियताका विषयमा संघर्ष गर्ने उदघोष गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!