जोगियो जिरिखिम्ती: मध्यरातमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

Posted on: 04 May, 2016

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ स्थित जिरिखिम्ती बजारका दुर्गाबहादुर खड्काको घरमा गएराति विद्युत सर्ट भई आगलागी भएपनि ठुलो जनधनको क्षति हुनबाट जोगिएको छ । तीन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मध्य राति करिब ११ः३० बजे अचानक आगो उठेको थियो । आगलागीबारे गस्तीमा रहेका प्रहरीले थाहा पाएपछि घरधनीलाई उठाएको थियो ।

बजारमै रहेको खड्काको घरबाट आगोलाई अन्यत्र जान नदिएपछि बजारमा अरु ठुलो जनधनको क्षति हुनबाट बचेको जिरिखिम्ती प्रहरी चौकीले जनाएको छ । प्रहरी, शशस्त्र प्रहरी र स्थानीयबासीले आगो करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाटबाट खड्काको भान्सामा रहेका सामानहरु मात्र जलेका छन् । म्याङलुङ नगरपालिकाको दमकल भने आगो निभाईसकेपछि मात्र पुगेको थियो ।

जिल्लामा यसअघि पनि पटक पटक आगलागीबाट ठुलो क्षति हुँदै आएको छ । विगतमा सदरमु्काम म्याङलुङबजारमा मात्र दुई पटक आगलागी हुँदा क्षतविक्षत् भएका परिवार अझै उठ्न सकेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!