नवदुर्गा आधारभुत विद्यालय वेदकोटको ३४ औं वार्षिकोत्सव सम्पन्न

Posted on: 31 Jan, 2018

माघ १७, कञ्चनपुर | नवदुर्गा आधारभुत विद्यालय वेदकोटले बुधबार आफनो ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवश २०७४ भव्यताका साथ सम्मपन गरेको छ ।

 हरेका वर्ष मनाउदै आएको वार्षिकोत्सव तथा अभिभावक दिवशलाई यसपालि पनि निरन्तरता दिएको छ । विभिन्न सास्कृतिक कार्यक्रमका साथै विभिन्न विद्यामा उत्कृष्ट छात्र÷छात्राहरुलाई विद्यालयले पुरुस्कार तथा प्रमाण पत्र वितरण गरेको थियो ।


अहिलेको समयमा सबै भन्दा महत्वपुर्ण शिक्षा नै भएकोले सबै भन्दा पहिले हामीले शिक्षा हासिल गर्नमा जोड गर्नु पर्ने त्यसका साथ साथै खेलकुद र शारिरीक व्यायममा पनि ध्यान दिनु पर्ने अबको शिक्षा समय सुहाउदो हुनु पर्नेमा प्रदेशसभा सदस्य लाल बहादुर खडका जोड दिनु भयो । 

विद्यालय व्यवस्थापनसमितका अध्यक्ष अर्जुन बहादुर रावलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य लाल बहादुर खडका विशिष्ट अतिथिहरुमा वेदकोट नगरपालिका प्रमुख अशोक चन्द, उप–प्रमुख सुसिला सिंह र जिल्ला शिक्षा कार्यालय कंचनपुरका वि.नि. रामदत्त जोशी   रहनु भएको थियो । कार्यक्र संञ्चालन केशब पनेरुले गर्नू भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!