घुस र नागरिकता सच्याएको अभियोगमा भक्तपुरका प्रहरी जवान पक्राउ

Posted on: 01 Feb, 2018

माघ १८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ हजार घुस लिएको अभियोगमा महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी जवान उमेशकुमार थापालाई आज पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार दुर्घटनासम्बन्धी उजुरी मिलाइदिने भन्दै प्रहरी जवान थापालाई सेवाग्राहीसँग ‘घुस मागिरहेको अवस्थामा’ थिमी–९ भाटभटेनीबाट पक्राउ गरिएको हो । 

आयोगले आजै नागरिकता सच्याई झुटा विवरण पेश गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण मस्र्याङ्दीका इलेक्ट्रिसियन नीतिबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभियुक्त गुरुङले सरकारी सेवा प्रवेश गर्न चाहिने उमेरको हद नाघेकामा आफँैले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा जन्ममिति सच्याई झुटा विवरणको नागरिकताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएर बढुवासमेत भएको आरोप आयोगले लगाएको छ । - रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!