बैतडीको सबै तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति

Posted on: 02 Feb, 2018

माघ १९, बैतडी | बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ । 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउन जिल्लाका ६ वटै गाउँपालिका र चारवटै नगरपालिकामा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिनुभयो । सम्बन्धित स्थानीय तहका प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको छ । 

उहाँले ४४० जना जनप्रतिनिधिलाई स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत दिइएको बताउनुभयो । 

बैतडीमा २०७३ साल पुसदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ७०४ घरपरिवारका तीन हजार ४४० जनाले बीमा गरेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!