अंग्रेजी बोल्दैमा सजाँय ?

Posted on: 02 Feb, 2018


                                                                           – धर्मानन्द भट्ट 

आवास शब्दले बस्ने ठाउँ र विद्यालयले विद्या आर्जन गर्ने घर बुझाउँछ । आवासीय विद्यालय भन्नाले अध्ययनका बेला विद्यार्थीहरूलाई विद्यालयमै बस्ने तथा खाने सुविधा भएको विद्यालय भन्ने बुझिन्छ । नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेर नेपालको संविधानले भाग( १ धारा ६ मा उल्लेख गरिएको छ । यसै भागको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेरसमेत उल्लेख गरिएको छ । जेहोस् नेपाली भाषा नेपालको पहिचान हो र नेपालीको ढुकढुकी हो । भाषामा नेपाल धनी छ । सबै भाषाको साझा भाषा नेपाली हो । पछिल्लो संविधानले नेपाली भाषालाई केही खुम्च्याउने प्रयत्न गरे पनि यो आफैंमा गरिमा बोकेको भाषा हो । यस भाषामा प्रकाशित भएका सामग्रीले यो कति धनी छ भन्ने कुरा स्पष्ट हुन्छ ।


नेपाली भाषा भारोपेली भाषा परिवारभित्र पर्दछ जुन एघारौं शताब्दीमा जुम्लाको सिन्जा उपत्यकामा जन्मेको मानिन्छ । विभिन्न कालखण्ड पार गर्दै आज यो भाषा विश्वमा डेरा जमाउन सफल भएको छ । जन्म जता भए पनि हुर्किन फराकिलो स्थान पाएको यो भाषाले कतैकतै कुनै बेला मलजल नपाएको जस्तो देखिन्छ । समय परिवर्तनशील छस भाषाले यो कुरा बुझेको हुन्छ यसर्थ नेपाली भाषाले पनि समयको वेगसँगै आफूलाई बगाएको छ भन्नेमा म आशावादी छु । नेपाल भाषाको शब्दभण्डार व्यापक छ । यस भाषामा व्याकरण,साहित्य,शब्दकोशका साथसाथै विभिन्न पत्रपत्रिका आदि लेखिएकोले सहजै अनुमान गर्न सकिन्छ कि नेपाली भाषा धनीमात्र नभएर समृद्ध पनि छ । यसका साथै सम्पर्क,सञ्चार माध्यम,पठनपाठनको माध्यम,सरकारी कार्यालयमा अभिलेख राख्ने भाषाको रूपमा समेत नेपाली भाषाले आफ्नो स्थान जमाएको पाइन्छ ।

कुनै पनि देशको भाषालाई बलियो बनाउन त्यस देशको भाषा नीति बलियो हुनुपर्छ । नीतिले भाषा बलियोमात्र होइन अमरसमेत बन्दछसविश्वमा आफ्नो प्रभाव जमाउँछ र आफ्ना प्रयोक्तालाई समेत चिनाउँछ । अझ भन्नुपर्दा रोजिरोटीसमेत दिन सक्छ । नेपालीले विदेश जाँदा सम्बन्धित देशको भाषा सिक्नुपर्छ तर विदेशीले नेपाल आउँदा नेपाली भाषा नसिके पनि हुन्छ । अङ्ग्रेजी बोल्न मज्जाले पाइन्छ । अझ नेपाली भाषालाई बङ्ग्याएर बोल्दा पनि हामी निरीह बन्न पुग्छौं । यो सबै भाषा नीति कमजोर भएर हो । उहाँहरूले नेपाल आउँदा नेपाली भाषा सिक्नुपर्ने व्यवस्था हुनुपर्छ । यसो गर्दा नेपाली भाषा र नेपाली जनताले आफ्नो पहिचानलाई सगरमाथा बनाउन सक्छ । भाषा जोगाउने काम सबै नागरिकको हो र हुनुपर्छ पनि । अझ शिक्षा प्रदान गर्ने विद्यालयहरूको त झन् भूमिका हुनुपर्छ । हाम्रो देशमा सरकारी,निजी र संस्थागत गरी तीन किसिमका विद्यालय रहेका छन् । सबैको काम शिक्षा प्रदान गर्ने हो । यीमध्ये निजी विद्यालयले पछिल्लो समयमा सरकारी विद्यालयसँग निकै प्रतिस्पर्धा गरेको देखिन्छ र राम्रो जनशक्ति उत्पादनसमेत गर्दै आइरहेको कुरा हामीमाझ स्पष्ट छ । निजी विद्यालयहरू दिन दुई गुना रात चौगुना फस्टाउँदै गइरहेका छन् सिकाइ क्षमताको आधारमा । लगानीअनुसारको प्रतिफल प्राप्त गराउन सफल हुने हुनाले यस्ता विद्यालय सबैको रोजाइमा परेका हुन्छन् । निजी तथा आवासीय विद्यालयप्रति सबैको ध्यानाकर्षण हुनुको अर्को मुख्य कारण हो अङ्ग्रेजी शिक्षा प्रदान गर्नु ।

आवासीय विद्यालयले प्रदान गर्ने शिक्षामा कहीं खोट छैन तर नेपाली भाषाको विकासमा भने खुलेर भन्नुपर्दा कहीं कतै ध्यान नदिएको पक्कै देख्न सकिन्छ । नेपाली भाषाको जननी भाषा संस्कृत हो । नेपाली भाषा हाम्रो नसानसामा दगुराउनुपर्छ । बालबालिकामा अङ्ग्रेजी भाषाको मात्र ज्ञान दिएर पुग्दैन । सबैको नभए पनि बहुसंख्यक नेपालीको मातृभाषा हो नेपाली । वि।सं। २०६८ को जनगणनाअनुसार नेपालमा ४४।६३ प्रतिशत नेपाली पहिलो भाषी नागरिक बसोबास गर्दछन् । अन्य भाषीले समेत नेपाली भाषालाई सम्पर्क भाषा बनाएको पाइन्छ । सबै बालबालिकालाई आफ्नी आमासरह ठानेर नेपाली भाषालाई सम्मान गर्नुपर्छ भन्ने ज्ञान दिनु आजको आवश्यकता हो । यस्तो ज्ञान दिन आवासीय विद्यालयको पहिलो भूमिका देखिन्छ । जति राम्री भए पनि अर्काकी आमालाई आमा भन्नु अनुपयुक्त हुन्छ । ठूली वा सानी आमा नै भन्नुपर्छ । आमालाई आमा भन्न सिकाउन आवासीय विद्यालय चनाखो हुनु जरुरी छ । नेपाली भाषाले तुलनात्मक रूपमा आवासीय विद्यालयभित्र सम्मान नपाएको हो कि भन्ने शंका लाग्छस यो शंका हट्नुपर्छ र खुला रूपमा नै नेपाली भाषाले सम्मान पाउनुपर्छ भन्ने पक्षमा म छु । आवासीय विद्यालयभित्र नेपाली भाषाले खुम्चिनुहुन्न सजाय पाएर । सकिन्छ अङ्ग्रेजीबाहेक सबै पाठ्यपुस्तकको अध्ययनको माध्यम भाषा नेपाली हुनुपर्छस सकिन्न अङ्ग्रेजी बोल्दैमा विद्यार्थीले सजाय पाउनुहुन्न । अङ्ग्रेजी भाषा आफ्नो स्थानमा विश्वभाषा होला तर नेपाली भाषाको स्थानमा नेपालभित्र अङ्ग्रेजीलाई यति स्थान दिनु उपयुक्त देखिन्न । हामीले आफ्ना छोराछोरीलाई विश्वभाषा सिकाउँदै गर्दा नेपाली भाषा र नेपाललाई कदापि बिर्साउनुहुन्छ जुन भूमिका आवासीय विद्यालयले खेल्नुपर्छ ।

आवासीय विद्यालयभित्र एकमात्र देवनागरी लिपिमा पढाउनु र लेखाउनुपर्ने भाषा हो नेपाली । यस्तो अवस्थामा नेपाली भाषा सिक्न विद्यार्थीको लागि केही असहज हुन्छ । अझ विसमपारिवारिक भाषी विद्यार्थीका लागि त झन् कष्टकर हुन जान्छ नै ।

आवासीय विद्यालयभित्र नेपाली भाषा सबैको लागि सम्मान गर्नुपर्ने भाषा हो किनकि हामी नेपालीको नेपाली भाषा आफ्नो पहिचान हो । यसको संरक्षणमा हाम्रो अस्तित्व रहन्छ । नेपाल र नेपालीको शिर उचो हुन्छ ।

अन्य भाषाको माझमा संघर्ष गर्दै सिक्नुपर्ने भाषा हो । कम महत्त्वको नजरमा परेको भाषा हो । सबैले महत्त्व दिनुपर्ने भाषा हो ।

नेपाल र नेपाली भूगोललाई चिनाउने एकमात्र विशुद्ध भाषा हो । नेपाली भाषा,साहित्य,व्याकरण,शब्दकोशको अध्ययन गर्न सिकाउने भाषा हो ।

आजको युग विज्ञानको युग हो । विश्व साझा घर हो भन्ने सिकाउने युग हो । यसो भनिरहँदा नेपाली भाषालाई बिर्साउने युग चाहिँ होइन भन्ने बुझ्नुपर्छ । यस्तो कदम चाल्ने आजको पहिलो कर्तव्य आवासीय विद्यालयको हो जस्तो मलाई लाग्छ किनकि जो सबै कुरामा अगाडि छ उसले मात्र हरेक नयाँ कुरा गर्न सक्छ सफलतासाथ । नेपाली भाषा दिनानुदिन खस्कदो अवस्थामा छ भन्ने कुरा पछिल्लो जनगणनाको वक्ता प्रतिशतले बोलिरहेको छ । नेपालको संविधानमा उल्लेख भएको कुराले समेत नेपाली भाषालाई अन्य एक सय तेईस भाषासरहमा झारेको स्पष्ट देखिन्छ । भाषा नीति र संविधानले समेत ठगेको आजको समयमा नेपाली भाषा जोगाउने कार्यमा आवासीय विद्यालयको ठूलो भूमिका छ ।

आवासीय विद्यालयभित्र नेपाली भाषालाई छुट्टै नीति बनाएर अध्ययन अध्यापन गराउनु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ जुन नीतिले राज्यको नीतिसमेत फेरबदल होस् र नेपाली भाषाले न्याय पाओस् । नेपाली भाषाको काल साक्षी छ । संस्कृत भाषाको सन्तान हुनाले पनि यो भाषाको गरिमा ठूलो छ । समग्रमा भन्नुपर्दा आवासीय विद्यालयभित्र नेपाली भाषाको नीति बन्नुपर्छ र त्यसै नीतिअनुरुप नेपाली भाषाको विकासमा अहम् भूमिका खेल्नुपर्छ । नकि पहिलो प्राथमिकतामा अङ्ग्रेजी भाषा हुनुपर्छ ।

अन्त्यमा, भाषा विचार विनिमयको सशक्त माध्यम जुन उच्चारण अवयवबाट निस्कने सार्थक ध्वनि हो । नेपाली भाषा आफ्नो छुट्टै व्यवस्था भएको भाषा हो । यही व्यवस्थामा हुर्काउने वातावरण आजका आवासीय विद्यालयहरूले सिर्जना गर्नुपर्छ । नेपाली भाषालाई विश्वले चिन्ने मार्ग खोल्नुपर्छ । अरु भाषाको प्रभावबाट जोगाउनुपर्छ । छुट्टै पहिचान बनाउन नयाँ नीति ल्याएर नेपाली भाषाको वृद्धि र विकासमा तल्लीन हुनुपर्छ । नेपाली भाषालाई मातृभाषा बनाउनुपर्छ र माया गर्नुपर्छ । अध्ययन अध्यापन गराउँदा र विद्यार्थीले विद्यालय समयमा बोल्ने भाषा नीतिमा फेरबदल ल्याउनुपर्छ । भाषाको कल्याण हुने विभिन्न क्रियाकलाप गर्नु गराउनुपर्छ र राज्यलाई समेत न्यायपूर्ण भाषा नीति निर्माणका निम्ति घच्घच्याउनुपर्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!