नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on: 03 Feb, 2018

माघ २०, नवलपरासी । नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

बर्दघाट नगरपालिका २ चिसापानीमा गएराति पौने १ बजे, ना ६ ख ४७९८ नम्बरको ट्रकले लु १ ब ११२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतकको नाम खुल्न सकेको छैन । दुर्घटनामा संलग्न दुबै सवारी साधन नियन्त्रणमा लिएको र ट्रक चालक फरार रहेकाले खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!