पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on: 03 Feb, 2018

माघ २०, पाँचथर । हिलिहाङ गाँउपालिका–७ भारपास्थित सल्लेरीबजार छेउमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

विहान ९ बजेतिर भएको दुर्घटनामा दुईको घट्नास्थलमै मृत्यु भएको तथा एक घाइते भएको घट्नास्थलमा रहेका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

ताप्लेजुङबाट आएको मे १ त ३७०३ नं. को बकेट लोड गरि फिदिम तर्फ आउँदै ट्याक्टर दुर्घटना भएको हो ।  

प्रहरी दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान गर्ने क्रममा रहेको छ । घाइते ट्याक्टरका सहचालकलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।

ट्याक्टर सडकबाट करिब ५० मीटर तल सल्लाघारीमा झरेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!