सक्रान्तिबजारमा पशुस्वास्थ्य शिविर सम्पन्न

Posted on: 04 May, 2016

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा आज एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा केन्द्र आठराई सक्रान्तिबजारको आयोजनामा भएको शिविरमा १ हजार १ सय ६ वटा पशुहरुको विभिन्न रोगको उपचार तथा औषधी वितरण गरिएको छ । शिविरमा १ सय ९७ वटा गाई गोरु, १ सय ३५ वटा राँगा र भैसी, २ सय ४७ वटा खसी बाख्रा, २ सय ७० वटा सुगुर वंगुर र २ सय ५७ वटा कुखुरा हाँसको उपचार गरिएको छ । शिविरमा पशुहरुमा लाग्ने नाम्ले जुका, उपिया बाझोपन भएका पशुहरुको उपचार र विभिन्न घाउ भएको पशु पंछीको उपचार र औषधि वितरण गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!