मानवअधिकार प्रतिष्ठानका अध्यक्षमा कोजू

Posted on: 04 Feb, 2018

माघ २१, नगरकोट | राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्षमा राजेन्द्र कोजूका अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चुनेको छ । 

शनिबार सम्पन्न प्रतिष्ठानको वार्षिक साधारणसभाबाट निर्वाचित उपाध्यक्षमा नवराज घिमिरे, सचिवमा सञ्जीव खनाल र सहसचिवमा रत्नबहादुर राई तथा सदस्यमा विश्वराम दुवाल, शिवहरि खनाल र गोकर्ण दाहाल रहनुभएको छ । 

सभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सभापति भवानी खरेलले अहिले पनि मानवाधिकारको क्षेत्र निकै जोखिमपूर्ण रहेको बताउदै मानवअधिकार रक्षाका लागि दातृ संस्थाको भर नपरी स्वतःस्फूर्त काम गर्नुपर्ने औंल्याउनुभयो । प्रतिष्ठानका महासचिव मनोज भट्टराईले मानवअधिकार सबैको अधिकार भएकाले कुनै पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!