रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना

Posted on: 04 Feb, 2018

माघ २१ । रामेछाप ।

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । आइतबार मन्थली वडा नं १२ सिक्रालमा नगरपालीकाका मेयर रमेश बस्नेतले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो ।



कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर बस्नेतले जनता स्वस्थ र शिक्षित भएपछि मात्र आय आर्जन र समृद्धिको बाटोतर्फ लाग्ने बताउनुभयो ।उहाँले नगरपालिकामा सिमित स्रोत र साधन भएपनि जनताका समस्या समाधानमा निरन्तर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो - "ठिक छ हामी गरिब छौ, कमजोर छौ, स्रोत र साधनको कमि छ तर जति छ विस्तारै त्यसलाइ सहि सदुपयोग गर्दै जनता प्रति समर्पित गर्न लाग्ने छौ ।"


स्वास्थ्यको क्षेत्रमा स्थानीय स्वयम्‍सेविकाले खेलेको भुमिकालाइ राज्यले उच्च कदर गर्नुपर्ने बताउदै बस्नेतले उनीहरुको योगदानको प्रसंसा गर्नुभयो । बस्नेतले वडामा भएका समस्याहरु जनप्रतिनिधी मार्फत नगरपालिकामा ल्याउन आग्रह गर्नुभयो । उहाँले नगरपालीकाका हरेक वडाको आर्थिक, सामाजिक, भौतिक पुर्वाधारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।


कार्यक्रममा वडा अध्यक्ष कृष्णहरी अधिकारीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष प्रकाशकुमार कार्की, मनपा स्वास्थ्य शाखा प्रमुख केशबराज फूयाँल, पत्रकार प्रज्वल पौडेल, स्वयम् सेविका, स्थानीय नागरिक लगाएतको सहभागिता रहेको थियो ।



रामेछापमा मन्थली नगरपालिकाबाट गेलु (सिक्राल), गेलु (नाटिला) र कठजोर गरि ३ स्थान र विभागबाट रामेछापको ल्याङल्याङ र मन्थलीको मानेडाँडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिने भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!