नवलपरासीको श्री शिव शक्ति युवा क्लबमा मगर

Posted on: 04 Feb, 2018

माघ २१, सुस्ता | नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबमा टेक बाहादुर मगर चयन हुनु भएको छ । 

श्री शिव शक्ति युवा क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निवार्चन कार्यक्रममा टेक बाहादुर मगर अध्यक्ष पदमा चयन हुनु भएको हो । श्री शिव शक्ति युवा क्लब सकरदिन्हीका पुर्व अध्यक्ष जर्नाधन हजामको अध्यक्षतामा र जिल्ला सम्नवय समिती नवलपरासीका सदस्य एवम क्लबका संस्थापक अध्यक्ष कृष्ण बाहादुर मगरको प्रमुख अतिथ्यतामा भएको क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निर्वाचन कार्यक्रममा क्लबको बिधान अनुसार ११ सदस्यीय कार्य समिती चयन भएको छ । जसको अध्यक्ष पदमा टेक बाहादुर मगर,उपाध्यक्षमा दयावन्त सिहं, कोषाध्यक्षमा बिष्णु बाहादुर आले मगर, सचिवमा बिधाता यादव, सहसचिवमा भिम बाहादुर सुनार रहनु भएको छ । भने सदस्यहरुमा घनश्याम क्षेत्री,मनोज कुमार खडका,राजकुमार थापा,हरिन्द्र बिन,सुरेश कलवार,पारस चौहान र जर्नाधन कलवार रहेका छन । 


त्यस्तै कृष्ण बाहादुर थापा मगरको संयोजक्तामा ७ सदस्यिय सल्लाहकार समिती पनि चयन गरिएको छ । जसको अध्यक्षमा कृष्ण बाहादुर थापा मगर,सदस्यहरु लक्षमण सारु मगर,हुमेन्द्र सिहं क्षेत्री,रामतपस्या कलवार,श्याम बुचा मगर,सन्जित कुमार शर्मा र जर्नाधन हजाम रहनु भएको छ । - श्याम थापाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!