कपिलवस्तुको वुद्धभुमी क्याम्पसद्धारा आयोजित माहायज्ञको तयारी पुरा

Posted on: 04 Feb, 2018

माधव बेल्वासे | माघ २१, कपिलवस्तु | व्यावसायिक विषय  विविए सञ्चालन, सामुदायीक इ लाइव्रेरी र अक्षायकोष स्थापनार्थ को लागी कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा रहेको वुद्धभुमी क्याम्पस द्धारा आयोजित माहायज्ञको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आइतवार क्यापस प्रङगणमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो वताएको हो ।यसक्षेत्रमा प्रविधिक शिक्षा पढनको लागी वाहीर जाने समस्या लाई समाधन र क्यापसमा इ लाइव्रेरी संचालनको गर्नकोलागी श्रीमत भागवत धनधान्यञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितीका संयोजक राजेन्द्रराज आचार्यले वताए ।माघ २२ गतेदेखी सुरु हुने महायज्ञमा श्रदालु भक्तजनहरुको उल्लेखनीय सहभागीता हुने आयेजकले विश्वास लिएको आचार्यले वताए ।

आचार्यले कपिलवस्तुको केन्द्र विन्दुरमा रहेको वुद्धभुमी क्यापसको आर्थिक अवस्था निकै कमजोर भएको कारण विद्यार्थीले भनेको विषय यस क्यपसमा पढन नपाएको दुखेको  पोखे । 


महायज्ञले क्यापसको स्तर अन्नती सगै पठनपाठनमा समेत सुधार हुने विश्वास लिइएको छ । महायज्ञको लागी ३५ उपसमिति गठन गरी जिम्मेवारी पुर्वक सवैले सहयोग गरेको वताए । एक हप्ता सम्म चल्ने महायज्ञमा २ करोड भन्दा वढी सहयोग रकम संकलन हुने विश्वास लिइएको पत्रकार सम्मेलन मार्फत संयोजक आचार्यले वताए । श्रीमत भागवत धनधान्यञ्चल ज्ञान महायज्ञको प्र वाचक चैतन्य कृष्ण जी रहनुहुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!