डाक्टरको लापर्वाहीका कारण ज्यान् गएपछी... प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Posted on: 04 Feb, 2018

माघ २१, कालीकोट । जिल्ला अस्पताल कालिकोटमा अप्रेशन पछि अत्याधिक रक्तश्रावका कारण ज्यान गुमाएकी चन्दा शाहका आफन्तजनहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

केही समय अगाडी प्रसुती सेवा लिन जिल्ला अस्पताल कालिकोट गएकी चन्दा शाहाको अप्रेशनका क्रममा डाक्टरको लापर्वाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले घटनाको सत्यतथ्य छानविन, दोषीलाई कार्वाही लगायतका माग राखी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधामन्त्रीको कार्यालयमा आईतबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पीडितहरुले घटनाका दोषी डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई कानुनी कार्वाही, जिल्ला अस्पतालमा चन्दा शाहको नाममा सुविधा सम्पन्न प्रसुती गृहको स्थापना र चन्दा शाहले जन्माएको नाबालकको शिक्षा स्वास्थ्यको लागि राज्यले नै आवश्यक व्यवस्था मिलाईदिन उनीहरुले माग गरेका छन् ।

घटनाको छानविनका लागि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको लामो समय बितिसक्दा पनि छानविन प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको, सम्बन्धित निकायले दोषीलाई कार्वाही गर्न  र घटनाको सम्बन्धमा चासो नदिएको गुनासो गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!