पौठाकमा कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

Posted on: 04 May, 2016

बैशाख २२, तेह्रथुम । तेह्रथुमको पौठाक गाविसमा आज नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीको आन्तरिक संगठन सुद्रिढिकरण, विकास निर्माणका कार्यमा पार्टीको भुमिका लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

नेपाली कांग्रेस तेह्रथुमका सचिव सन्तोष सुब्वाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पौठाक गाउ इकाइ समिती, वडा समितीका पदाधिकारी तथा अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस पौठाक गाउ इकाइ समितीका सभापति वुद्धिमान लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!