जिसीलाई क्रियाशील पत्रकारिता पत्रकारिता पुरस्कार

Posted on: 05 Feb, 2018

माघ २२, बागलुङ | प्रेस चौतारी नेपाल बागलुङ शाखाद्वारा प्रदान गरिने प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामबहादुर जिसीत्रकार रामबहादुर जिसीलाई प्रदान गरिएको छ । 

प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा जिसी पुरस्कृत हुनुभएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जिसीलाई रु १० हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गर्नुभयो । 

बागलुङबाट प्रकाशित धौलागिरि जागरण दैनिकको सम्पादकसमेत रहनुभएका जिसी लामो समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । जिसी यसअघि नेपाल पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्ष हुनुहुन्थ्यो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!