बर्दियामा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on: 05 Feb, 2018

माघ २२, बर्दिया | ट्रकको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ । 

बढैयाताल गाउँपालिका–८ स्याउले बजारमा भे१ख ५०२८ नंको ट्रकले भे४प ५९८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झकबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!