कञ्चनपुरको भम्केनीमा महायज्ञ शूरु

Posted on: 05 Feb, 2018

भाष्कर केसी/माघ २२, कञ्चनपुर । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामको आयोजनामा आजबाट महायज्ञ संचालन भएको छ । 

महायज्ञको पुर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेर विधिवत रुपमा महायज्ञ संचालन भएको थियो उक्त अवसरमा भम्केनी धामका महाकाली शारदापीठ जगदगुरु, क्षेत्र नं. तिनका केन्द्रिय प्रतिनिधि सभासद डा.दिपक प्रकास भट्ट, प्रदेशका सभासद प्रकाश रावल, प्रमुख जिल्ला अधिकारी, लगायत नगर प्रमुखहरुको उपस्थित रहेको थियो । 

चुरे फेदमा रहेको भम्केनीलाई ‘धार्मिक पर्यटकिय धामको’ रुपमा विकसित गर्नका लागि महायज्ञ आयोजना गरिएको हो  । उक्त उद्दघाटनको अवसरमा पूर्वमन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले जगतगुरुको यस प्रयास बाट मेची महाकाली जोडने प्रयास भएको छ । 


धर्म संस्कृतिको जोर्गना गर्नु पर्ने पहिचान र अस्तीत्वको लागि पनि यसको निकै महत्वपूर्ण भुमिका रहेको बताउनु भयो साथै यस सुदूरको भुमिमा राष्ट्रिय जनावर र हिन्दुहरुको पवित्र मानि पुजिदै आएको गाईको बेहाल भएको आफुले पनि देखेकोले यसलाई रोक्नु पर्ने र गाईको बेहाल हुन बाट सबै लाग्नु पर्नेमा जोड दिनु भयो । महायज्ञ माघ २२ गते देखि शुरु भई फाल्गुन ४ गते सम्म हुनेछ । 

नेपाल आमाको ७५ फिट अग्लो मुर्ति बनाउनको लागि जगतगुरुले २०७२ बैशाख ५ गते देखि ७५ जिल्लाको पैदल यात्रा गरी एक घर १ रुपैया अभियान चलाई २०७४ माघ २१ गते आफ्नो पैदल यात्रा सम्पन्न गर्नु भएको थियो । 


त्यस क्रममा जगत गुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा एक  करोड, ८४ लाख, ७२ हजार ४ रुपैया संकलन गरिएको छ भने पैदल यात्राका दौराउन जगत गुरुले देशका विभिन्न जिल्लाबाट अष्टघातु संकलन गरेका छन् जुन तामा पितल देशका विभिन्न ठाउँबाट आउने जारी छ । 

महायज्ञको सम्मापन्नको लगतै नेपाल आमाको मुर्ति बनाउने कार्य शुरु हुनेछ जसको लागि मूर्ति निर्माणका लागि १० करोड खर्च हुने पुरातात्विक विभागले अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!