नवलपरासीमा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम सुरु

Posted on: 05 Feb, 2018

श्याम थापा/माघ २२, सुस्ता । सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सुरु भएको छ । 


तालिमको एक कार्यक्रम गरि उद्धघाटन गरिएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा र जिल्ला पशु कार्यालयका पशु बिकास अधिकृत शिव प्रकाश आर्चायको प्रमुख अतिथ्यतामा भएको हो । 

तालिममा सुस्ता गाउँपालिकाका वडा न.१ देखी वडा न.५ सम्म गरि २० जना बाख्रा पालन गर्ने ब्यवसायिक कर्मीहरुको सहभागिता रहेको छ । 

तालिमको सहजिकरण तथा प्रशिक्षण जिल्ला पशु कार्यालय नवलपरासीका पशु बिकास अधिकृत शिव प्रकाश आर्चाय,सुस्ता गाउँपालिका कृषि शाखा कार्यालयका कृषि प्राधिक दिनानाथ ढकाल र मिलन गौतमले प्रशिक्षण दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!