रसुवाको लाङटाङ खोलामा खसेर एक जना बेपत्ता

Posted on: 05 Feb, 2018

माघ २२, रसुवा | ट्रेकिङका लागि रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुगेका एक गाइड खोलामा खसेर बेपत्ता  भएका छन् । 

जापानी नागरिक लिएर लाङटाङ पुगेका संखुवासभा जिल्ला साबिकको याफू गाविस–९, का ४० वर्षीय पासाङछेन्दी शेर्पा फर्कने क्रममा पुलबाट खसेर  बेपत्ता भएका हुन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित पर्यटकीय क्षेत्र लाङटाङमा जापानी नागरिकको गाइडको रुपमा ट्रेकिङका गएका थिए ।


आइतबार बिहान ११ बजेतिर नवनिर्मित ट्रष्टको पुलबाट खसेर बेपत्ता भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

- फाइल फोटो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!