बझाङमा १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ

Posted on: 05 Feb, 2018

माघ २२, बझाङ । जिल्लामा १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ परेका छन । 

जिल्ला प्रहरी कार्यालय बझाङले फरार प्रतिवादी पकाउ गर्ने अभियान चलाएको छ । अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख माधव विश्वकर्मा का अनुसार सम्मानित जिल्ला अदालत बझाङको आदेस अनुसार फैसला कार्यन्वयन गर्ने क्रममा एक महिनाको अबधिमा ६९ जना प्रतिबादी प्रक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय बझाङको मातहतमा रहेका वडा प्रहरी कार्यालय चैनपुर ७ जना , ईलाका प्रहरी कार्यालय थलारा १ जना, ईलाका प्रहरी कार्यालय बुङगल १० जना, प्रहरी चौकी छान्ना ६ जना र प्रहीरी चौकी दौलिचौर ३२ जना रहेका छन् ।

यसैगरी प्रहरी चौकी मटेला ३ जना, प्रहरी चौकी रायल २ जना, प्रहरी चौकी स्याडी ४ जना, अस्थाई प्रहरी पोष्ट विजगडा ४ जना गरी जम्मा ६९ जनालाई पक्राउ गरीसकेको छ भने अन्य फरार प्रतिवादीहरुको तदारुक्ताका साथ खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । टेकेन्द्र बोहराको सहयोगमा 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!