रेडक्रस दिवसमा र्याली

Posted on: 08 May, 2016

प्रकाश धौलाकोटी/ बैशाख २६, तेह्रथुम । विश्व रेडक्रस दिवसका अवसरमा आइतबार तेह्रथुममा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले सदरमुकाम म्याङलुङ र्याली निकालेको कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताए ।

उता वसन्तपुर उपशाखाले पनि दिवसका अवसरमा ¥यालीसहित विभिन्न कार्यक्रम गरेको छ । उपशाखाले दिवसको अवसरमा र्यालीले बजार परिक्रमा गरी स्थानीय वसन्त उमाविको सभाहलमा पुगेर रेडक्रस अभिभुखिकरण कार्यक्रम गरेको उपशाखा सचिव प्रकाश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वसन्त उमावि, कालिका मावि दाँगपा, जलकन्या मावि दाँगपा, श्रीमान् स्मारक मावि वसन्तपुरका यु.रे.स र जु.रे.स.का विद्यार्थीहरु र यस उपशाखा अन्तरगतका आजीवन सदस्यहरु सहभागी थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी वसन्तपुर उपशाखा सभापति कृष्ण प्रसाद दाहाललको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!