भक्तपुरमा मिनीट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

Posted on: 07 Feb, 2018

माघ २४, भक्तपुर | आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ । 

ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । 

प्रहरीले मिनीट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भरिरहेको जानकारी दिएको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!