युवा संघको प्रशिक्षण सम्पन्न

Posted on: 08 May, 2016

बैशाख २६, तेह्रथुम । युवा संघ नेपाल, जिल्ला कमिटि तेह्रथुमले आइतबार लालीगुराँस नगरपालिका स्तरीय एक दिने युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष लक्ष्मण तिवारी, अतिथीहरुमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य गिता शिवा, लालीगुराँस नगर सचिव जित वहादुर भुजेल, अनेरास्ववियुका केन्दिय सदस्य प्रकाश श्रेष्ठ, युवा संघ जिल्ला कमिटि अध्यक्ष कुमार कन्दङवा उपसचिव दान वहादुर खड्का लगायतले पार्टीको रणनिति, भावी कार्यदिशा र युवाहरुको भूमिकाको विषयमा प्रशिक्षण गरेका थिए । कार्यक्रममा लालीगुराँस नगरपालिकाका ८० जना युवाहरु सहभागी भएको युवा संघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!