दोस्रो बेसीशहर महोत्सवको तयारी तिव्र

Posted on: 07 Feb, 2018

माघ २६ काठमाडौँ | उद्योग, ब्यापार, जलबिद्युत, पर्यटन, कृषि तथा संस्कृतिको प्रबद्र्धन तथा संरक्षण गर्ने उद्धेश्यले दोस्रो बेसीशहर महोत्सवको आयोजना गरिएको छ । सुरक्षित तथा ब्यबस्थित बजार विकास गरि सामाजिक, आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका महोत्सव आयोजना गरिएको हो ।

लमजुङ सदरमुकाम बेसीशहरमा दोस्रो बेसीशहर महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव यही २९ देखि फागुन ८ गतेसम्म चल्नेछ । महोत्सव नजिकिएसँगै बेसीशहर बजार सिगांरिन थालेको छ ।

‘हाम्रो नगर, राम्रो शहर, स्वच्छ, सुन्दर र सफा बेसीशहर’ भन्ने नाराका साथ लमजुङ उद्योग बाणीज्य संघ बेसीशहर इकाइले महोत्सवको आयोजना गरेको हो । महोत्सव स्थल दनाईफाँटदेखि मनाङेचौतारा, क्याम्पस रोड, प्रशासनचोक लगायतका ठाउँमा तोरणले झकिझकाउ पारिदै छ ।

महोत्सब स्थल दनाईफाँटमा अहिले स्टल निर्माण, मनोरञ्जनका विभिन्न साधनहरु निर्माण गर्ने, कम्पाउण्डिङ लगायतका कार्यहरु अन्तिम चरणमा पुगेका छन् । जिल्लामा उद्योग, ब्यापार, जलबिद्युत पर्यटन, तथा कृषिको प्रबद्र्धन तथा लमजुङको कला संस्कृतिको संरक्षण संवद्धर्न गर्ने र सुरक्षित तथा ब्यबस्थित बजार विकास गरि सामाजिक, आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका महोत्सव आयोजना गरिएको संघका बेसीशहर ईकाई अध्यक्ष एवं महोत्सब मुल समारोह समितिका संयोजक प्रदिप बस्नेतले जानकारी दिए ।

आयोजकले महोत्सबमा कुल २ सय स्टल रहने जनाएको छ । महोत्सवबाट बेसीशहरको बजारलाई सुरक्षित बनाउन बेसीशहर नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यमा सघाउने, नगर क्षेत्र वरपर रहेका पर्यटकीय स्थानहरुको प्रचार प्रसार गरी समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने, नगरपालिकालाई ब्यवसायिक कृषि, पशुपालनमा आत्मनिर्भर तुल्याई समग्र आर्थिक बिकासमा टेवा पुर्याउने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्न सहयोग गर्ने र स्थानीय कला संस्कृतिको जर्गना गर्न सहयोग गर्ने आयोजकले लक्ष्य लिएको छ ।

यसका साथै, जिल्लाको परम्परागत कला संस्कृतिको जगेर्ना, ब्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग जलबिद्युत क्षेत्रमा लगानीमैत्री वातावरण सृजना गर्दै स्थानीय ब्यापार ब्यवसायलाई प्रबद्र्धन गर्न सुरक्षित तथा ब्यवस्थित बजार बिकास गरी जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ बेसीशहर इकाइले महोत्वको आयोजना गरेको लउवा संघका अध्यक्ष राजेश थापाले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीवुटी प्रदर्शनी, बिभिन्न लोक सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी गीत कार्यक्रम, बेसीशहर नगर क्षेत्र अन्तरगतका बिद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम, परम्परागत खाना उत्सव, झाँकी तथा र्याली प्रदर्शनी, विविध मनोरन्जनात्मक कार्यक्रम, बाल उद्यान, पुष्प प्रदर्शनी, आन्तरिक पर्यटन प्याकेज टुर तथा आन्तरिक पर्यटन सुचना केन्द्र, कार्याशाला गोष्ठी तथा सरकारी तथा गैर सरकारी निकायको गतिविधि प्रदर्शनी हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!