बुबाको सम्झनामा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

Posted on: 08 Feb, 2018

माघ २५, बैतडी | बुबाको सम्झनामा बैतडीको सुर्नयाको गाउँपालिका–५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोशाक, झोला र कापीकलम वितरण गरिएको छ । 

बाह्र वर्ष अगाडि स्व हुनुभएका बुबा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै, लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुबा गुमाएका ३६ बालबालिकालाई पोशाक, झोला र कापी कलम वितरण गर्नुभएको हो । 

गत वर्षदेखि मडै परिवारले स्व बुबाको सम्झनामा उक्त विद्यालयका विद्यार्थीलाई पोशाक, झोला र कापी कलम वितरण गर्दै आएका छ् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!