कालिकोटमा कुकुरलाई रेविजविरुद्ध भ्याक्सिन लगाउन सुरु

Posted on: 09 Feb, 2018

माघ २६, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ११ साविकको बदालकोट गाविसको १, २ र ३ वडाहरुका स्थानिय कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । 

खाँडाचक्र नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा एक हप्ते रेबिज बिरुद्धको खोप कार्यक्रम अन्तर्गत विहीबार पहिलो दिन १ सय २ कुकुरलाई लगाईएको पशु सेवा प्राविधिक माधवप्रसाद पाण्डेले जानकारी दिए ।

उनकाअनुसार शुक्रबार खाँडाचक्र नगरपालिकाको वडा नं. १ र २ को लागि पञ्चदेवल माध्यामिक विद्यालयमा भ्याक्सिन लगाउने कार्यक्रम रहेको छ । पशु सेवा प्राविधिक खडानन्द पाण्डेको नेतृत्वमा स्वयम्सेवक हरिकृष्ण देवकोटा, बिर्ख चदारा लगायतको टोलीले फिल्डमा खटिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!