सिन्धुपाल्चोककि महिला भक्तपुरमा मृत भेटिइन्, श्रीमान् पक्राउ

Posted on: 09 Feb, 2018

माघ २६, भक्तपुर । चाँगुनारायण नगरपालिका ६ खरीपाटीमा शुक्रबार एक महिला ओछ्यान मै मृत अवस्थामा फेला परेकी छिन् । 

सिन्धुपाल्चोकको साँगाचोक स्थायी घर भएर खरीपाटीमा टहरा बनाएर बस्दै ज्यामी काम गर्दै आएकी ३० वर्षकी पुतली तामाङ्गको शव ओछ्यानमा भेटिएको हो ।

उनी राति श्रीमान पंचे तामाङसँगै सुतेकी थिइन् । तामाङले सँगै सुतेकी श्रीमती विहान ८ बजेसम्म पनि नउठेपछि हेर्दा ओछ्यानमै मृत्यु भैसकेको तामाङले प्रहरीलाई बताएका छन् ।

हत्या आशंकामा पंचे तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!