हराएकी २१ वर्षीय युवती भारतमा फेला परिन

Posted on: 10 Feb, 2018

माघ २७, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन । 

पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन् । परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए । 

तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो । 

फेला परेकी लक्ष्मीको उद्वार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!