महोत्तरीमा ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

Posted on: 10 Feb, 2018

माघ २७, महोत्तरी । महोत्तरीमा ट्रयाक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ ।

ज १ त ७६७० नम्बरको ट्रयाक्टरको लोहरपाटीमा २ वर्षीय बालक कासिम महमदलाई ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

भारतको उत्तर प्रदेश घर भई अहिले लोहारपटी–४, महदैयास्थित इटाभट्टामा काम गर्दै आएका ननो महमदका २ वर्षीय छोरोको ट्रयक्टरको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!