खाल्टेमा ट्याङकर दुर्घटना हुदा चालकको मृत्यु

Posted on: 11 Feb, 2018

माघ २८, नुवाकोट | रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ । 

बा२ ख ७४१६ नं को ट्याङकर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा चालक विदुर नगरपालिका– ३ का २५ वर्षीय श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ । 

बिहान करीव ११ बजे दुर्घटना भएको ट्याङकर त्रिशूली नदीमा डुबेपछि श्रेष्ठको शव अपराह्न साढे २ बजे मात्र स्थानीयवासीको सहयोगमा नदीबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले जानकारी दिनुभयो । 

दुर्घटनामा ट्याङ्कर सडकबाट करीव ५० मि तल पुगेर नदीमा डुबेकाले उद्धारमा ढिलाइ भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूली, नुवाकोटमा ल्याइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!