भक्तपुरको एक उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

Posted on: 11 Feb, 2018

माघ २८, भक्तपुर | भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । 

आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!