बैतडीमा हात्तीपाइलेको आम औषधि सेवन कार्यक्रम सफल

Posted on: 11 Feb, 2018

नरी बडु/माघ २८, बैतडी । जिल्ला स्वास्थ्य कार्यालय, बैतडी र किट विषेशज्ञको टोलिले जिल्लाका दुई स्थानीय तहमा गरेको सर्वेक्षण अनुसार पछिल्लो समय हात्तीपाइले (फाइलेरिया) रोग बैतडीमम भेटिएको छैन । 

अन्तिम चरणमा हात्तीपाइले विरुद्धको आम औषधि सेवन खुवाईन लागेको यस जिल्लाको पाटन नगरपालिका र शिवनाथ गाँउपालिका ६ सय व्यक्तिहरुमा गरिएको सर्वेक्षणले यस्तो बताएको हो । 

२०६७ सालमा गरिएको सेर्वेक्षणले बैतडीका अधिकासं व्यक्तिहरुमा हात्तीपाईले रोगको परजिवि भएको पुष्टि गरेको थियो । २०६८ बाट बैतडी सहित हात्तीपाइलेको परजिवि भेटिएका अन्य ३६ जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गरिएको थियो ।

टास्क सर्वे गर्दा हात्तीपाइलेको परिजिवि निष्कृय भएको देखिएकाले फागुन १२, १३ र १४ गते अन्तिम अर्थात छैटौँ चरणको आम औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले बताउनुभयो ।

हात्तीपाइले निवारणका लागि बैतडीका दुई लाख  ५१ हजार ६३ व्यक्तिलाइ हात्तीपाइले विरुद्धको आम औषधिखुवाउने लक्ष्य राखिएको छ । आमऔषधि सेवनको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतलाई अभिमुखीकरण गरिएको छ । बैतडीसहित औषधि सेवनको चरणमा रहेका अन्य ३६ जिल्लामा आम औषधि सेवन कार्यक्रम संञ्चालन हुदैछ ।

दुई वर्ष मुनिका बालवालिका, दिर्घरोगी, कडा कुपोषण भएको व्यक्ति, गर्भवती, सात दिन भित्रका सुत्केरी र अन्य कुनै औषधि नियमित रुपमा सेवन गरिरहेका व्यक्ति बाहेक सबैले यो औषधि सेवन गर्नुपर्ने स्वास्थयकर्मिहरुको भनाई छ ।

सन २०२० सालसम्म नेपालबाट हात्तीपाइले रोग कम्तीमापनि एक प्रतिशतमा झारेर उन्मूलनगर्ने लक्ष्य राखिएको छ, सोही लक्ष्य प्राप्तिका २५ जिल्लामा आम औषधिका छवटै चरण पुरा भैसकेका छन् । १२ हिमाली र दुई पाहाडी गरी १४ जिल्लामा यो रोगको परजिवि भेटिएको छैन् । 

हात्तीपाइले रोग क्यूलेक्स नामको पोथी लाम्खुट्टेबाट सर्ने र यो रोग लागेमा व्यक्ति अपाङ्ग भई मृत्यू समेत हुने भएकाले हात्तीपाइले बिरुद्धको आम औषधि सेवन कार्यक्रममा सरिक हुन चिकित्सकले सबैमा आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!