वृद्धाभत्ता बढाउनुपर्ने माग

Posted on: 12 Feb, 2018

माघ २९, काठमाडौँ  | ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् । 

अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् । 

ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन । 

अग्रज समाज नेपालको अगुवाइमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने समेत माग गर्दै आएका छन् । 

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्ना मागबारे पटकपटक सरकारलाई सुनाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गर्नुभयो । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ । 

पछिल्लो पटक ज्येष्ठ नागरिक ९दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी० र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको संख्या ९६० वर्ष पुगेका० २५ लाखअर्थात कूल जनसंख्याको ८।१३ प्रतिशत छ ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!