श्रीमानबाट आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

Posted on: 12 Feb, 2018

माघ २९, काठमाडौँ | श्रीमानबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ । 

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमान्ले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । 

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!