दाङमा जिपको ठक्करबाट एकको मृत्यु

Posted on: 13 Feb, 2018

फागुन १, दाङ | जिपको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ । 

लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिनुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!