सप्तरीमा हात्तीको आक्रमणबाट दुईको मृत्यु

Posted on: 13 Feb, 2018

फागुन १, सप्तरी | सप्तरी कंचनपुरस्थित कोशी टप्पुमा हात्तीको आक्रमणबाट आज दुईजना महिलाको मृत्यु भएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक्कासि निस्केको हात्तीले आक्रमण गर्दा कंचनरुप नगरपालिका–५ की ३७ वर्षीया मञ्जु साह र ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 

घाँस, दाउरा खोज्न आरक्षतर्फ जाँदै गर्दा उनीहरुलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाइएको छ । हात्तीले उनीहरुमाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुसँगै जाँदै गरेकी बुधनीदेवी सदा भने भाग्न सफल भएकी छन् । 

सो क्षेत्रमा दैनिक हात्ती आतंक बढ्दा स्थानीयवासी डरले रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!