खोटाङमा गिता ईन्फोसियसको ठगी धन्दा, दर्जनौ ग्राहकको सामान गायब

Posted on: 13 Feb, 2018

चिसाङ शेर्पा | फागुन १, खोटाङ | गिता ईन्फोसियस कम्प्युटर सप्लार्यसको खोटाङ शाखा ब्यापक ठगी धन्दामा लाग्ने गरेका छन् । बिगत लामो समयदेखी दिक्तेलबजारको भवनगैरामा ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी र सिसि क्यामेरा बिक्री तथा मर्मत गर्ने ईन्फोसियसले ग्राहकलाई ढाँट्ने, छल्ने, ठग्ने, झुलाउने र अन्त्यमा बनाउँन दिएको ठूला विधुतिय साधननै गायब गर्ने गरेको खुलासा भएको छ । 

बिशेषगरी जिल्लाभित्रका विद्धालयलाई कम्प्युटर, प्रिन्टरजस्ता विधुतियसाधान सप्लाई गर्दै आएको ईन्फोसियसले व्यक्तिगत, संघसंस्थालाई महिनौ, बर्षौसम्म झुलाउँदै आएको पिडित ग्राहकहरुले बताएका छन् । सामान्य समस्या आएको साधनलाई मर्मत गर्न त्यहाँ लैजाँदा तुरुन्तै खोलखाल गर्ने र फल्ट नै पत्ता लगाउन नसक्दा साधनमा भएको पहिलाको अवस्था पनि गायब बनाउँने गरेको गुनासो गर्दै तत्काल उक्त प्राईभेट लिमिटेडलाई बन्द गरिनुपर्ने ग्राहकहरुले बताएका छन् ।

पत्रकार महासंघ खोटाङका सहसचिब चिसाङ शेर्पाको लेनोभो ब्राण्डको ५० हजार मुल्यपर्ने सिल्भर कलर ईन्टरनल ल्यापटप बनाउँने बहानामा काठमाण्डौ लैजाने भन्दै चाबहिल काउण्टरबाट हराएको भनि दुई महिनासम्म झुलाई रहेको पत्रकार शेर्पाले जानकारी दिनुभयो । ल्यापटपमा सामान्य समस्या थियो पुस १ गते बनाउँन दिए शेर्पाले भने, चिप्स नभएकाले काठमाण्डौ लानुपर्छ भन्यो त्यसको हप्तादिनमा हरायो नयाँ दिन्छौ भन्दै हालसम्म सञ्चालक जितेन्द्र शाहनै फरार रहेको छ उनले भने, पटकपटक फोन गर्छु कुनै प्रतिक्रिया छैन । प्रहरीमा उजुरी दिएको छु ।


ईन्फोसियसले ब्यक्ति र संस्थालाई मात्रै नभएर स्वयंम फोटोकपी व्यवसायीलाई पनि झुलाउने, भुलाउने, दुख दिने र हजारौ मुल्य पर्ने साधनहरु पचाईदिने गरेका छन् । दिक्तेलबजारको भबनगैरामा रहेको त्रिबेणी मोबाईल एण्ड फोटोकपी सेन्टरको १ थान फोटोकपी मेशिन र थान एक डेस्कटप कम्प्युटर दुईवर्षभित्र कुराएर गायब बनाईदिएको सेन्टरका प्रोपाईटर काजन राइले बताउनुभयो । फोटोकपी मेशिन दुईवर्ष, कम्प्युटर डेस्कटप दुई महिनामा पनि जिम्मा नदिइ सञ्चालकनै भाग्दै हिंडेको राईले बताए । 

सोनी भायको ल्यापटप ह्याङ हुने र एन्टिभाईरस लगाउन ईन्फोसियसमा लगे, झट्टै उनले चार्जमा जोडे नेर्पाका राज कुमार रिजाल भने, पंखा पो बिग्रिएछ भन्यो, आफै जर्बजस्ती चेन्ज गर्नुपर्छ भन्दै खोलखाल गरे अन्ततः चल्ने ल्यापटप नै नचल्ने बनायोे आक्रोश हुंदै रिजालले थपे, ८० हजार मुल्यको साधन बिगारेपछी मुद्धा लगाउने भनेपछि एचपीको थोत्रो ल्यापटप दिएको सुनाए । त्यो २ महिनामै बेकामे भो उनले भने, यसले सयांैलाई सताएको छ । 

ठग र बेइमानको काम गर्दै बिधालय, संघसंस्था खोक्रो बनाएको ईन्फोसियसले दिक्तेलबजारमा अधिकांसलाई धुरुधुरु बनाएको जनगुनासो ब्यापक आउँदा त्यसको चपेटामा सञ्चारगृह समेत परेको हलेसी एफएमले जनाएको छ । ईन्फोसियसबाट नयाँ कम्प्युटर खरीद गरेर ल्याईयो एफएमले भनेको छ । पछि बुझ्दा पुरानो हार्डडिस्क रहेको पाईयो । हाल उक्त उपकरण सञ्चालनमा नरहेको एफएमले जनाएको छ ।  

तीन महिना अघिबाट ईन्फोसियसमा काम गर्दै आएका लामिडाडाँ गाउँपालिका–२ खार्पाका ईन्द्र राईका अनुसार शाहले ढाँटछल र झुटो ब्यवहार गर्नेे गरेको बताए । पसलमा आउँने ग्राहक प्रायः रुष्ट भएरै फर्कन्छन् उनले भने, आफु त काम गर्ने परियो गाली बेइजत त सहनैपर्छ । उनका अनुसार सञ्चालक शाह कामले बाहिर बाहिरै हिड्ने, पसलमा नआउने, ग्राहकको फोन नउठाउने गर्छन् ।  

जिल्लाका सामुदायिक विद्धालयसँग लाखौलाख सामानको कारोबार गर्ने ईन्फोसियसमा नयाँ सामान नै नहुने तर, कारोवार मोटो रकमको गर्ने क्रियाकलापले पनि ठगी धन्दा रहेको आँकलन गर्न सकिन्छ । विधालयको शिक्षक तथा कम्प्युटर अपरेटरलाई सामान्य मात्रमा कम्प्युटरको ज्ञान हुने हुनाले ति ब्यबसायी त्यतापटी ढल्किएको आँकन गर्न सकिने महंकला आधारभुत बिद्धालय लिच्कीराम्चेका शिक्षक अश्विन राउतले बताए । बिद्धालयको लागि कम्प्युटर खरिद गरेका थियौ । कच्चा परेछ, सामान्य प्रोग्राम समेत सपोर्ट गर्दैन । अहिले कम्प्युटर सिकाउन मुस्किल भयो शिक्षक अश्विनको भनाई छ ।   

सगरमाथा तरुण जनजागृती युवा क्लबका कोमल पोखरेलको एकथान ल्यापटप, दिक्तेलका फोटोकपी सञ्चालक ईन्द्रप्रसाद आचार्यका फोटोकपी मेशिन एकथान बर्षदिनमा फिर्ता नदिएको पाईएको छ । ल्यापटप बनाउछु भनेर लग्यो, तीन महिना भन्दा बढि राख्यो । अन्तिममा बन्दैन भनेर फिर्ता दियो अर्खौलेका प्रमोद श्रेष्ठले भने पछि काठमाडौं लगे तर, हार्डडिस्क लगायतका महत्वपूर्ण सामानहरु झिकेको रहेछ । अहिले माग्दा खोज्छन् तर नभेटेको नाटक गर्दै अलमल्याईरहन्छ सबै अफिसको डकुमेन्ट त्यहाँ थियो श्रेष्ठले भने एकथान ल्यापटप ईन्फोसियसले पचाईदियो । 

केहीबर्ष अगाडी पनि दिक्तेलमा अग्नि ईन्फोकम नामक टेक्निकल काम गर्ने संस्थाले सयौं जिल्लाबासीलाई ठगेको थियो । हाल जिल्लामा खुलेआम ईन्फोसियसले ठगीरहंदा सम्बन्धीत निकाय मौन रहेको पिडितहरुको गुनासो छ । तुरुन्त ग्राहकको सामानको हर्जना तिर्नुपर्ने र नतिरेमा कडा कारबाही हुनुपर्ने उनीहरुको भनाई छ । यस सम्बन्धी उधोग बाणिज्यसंघ दिक्तेल र प्रहरी प्रशासन अनुसन्धानमा लागेर पसल बन्द गराईनुपर्ने बजारबासीको माग छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!