चट्याङ लागेर गम्भिर घाइत पाँच सैनिकलाई काठमाण्डौँ पठाइयो

Posted on: 14 Feb, 2018

नरी बडु/फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।

मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले बताए । बाँनियाका अनुसार घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ । 


गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका बुधबार दिउसो साढे १ बजे हेलिकेप्टरमार्फत काठमाण्डौं लगिएको सेनानी बानियाले बताउनुभयो । 

बानियाका अनुसार ‘तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका थिए । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!