डोल्पामा ९ हजार ७ सय ९१ किताब ढुवानी हुँदै

Posted on: 15 Feb, 2018

टेकबहादुर शाही/फागुन ३, डोल्पा । शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा ९ हजार ७ सय ९१ थान किताब ढुवानी हुने गरिने भएको छ । 

जनक शिक्षा सामाग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका बिद्यार्थीका लागि किताब बितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामाग्री क्षेत्रिय प्रमुख रबिन्द्र शर्माले जानकारि दिए ।  


कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामाग्री आफैले जिल्लामा किताब बितरण गर्ने जिम्मा लिएको छ । तर नेपालगञ्जबाट जिल्लाका स्थानीय बिक्रेताले ढुवानी गरेर बिद्यालय सम्म लिने गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

यस बर्ष डोल्पा जिल्लाको लागि ७ वटा स्थानीय बिक्रेताहरुले जिम्मा लिएका छन । 

यस बर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १ सय ४६,कक्षा ६ देखि ८ सम्म २ हजार २ सय १६ त्यसै गरि कक्षा ९ देखि १० सम्म १ हजार ४ सय २९ गरि जम्मा ९ हजार ७ सय ९१ थान किताब जिल्लाका बिद्यालयमा ल्याउनु पर्ने निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले जानकारि दिए । 


उनका अनुसार जिल्लामा ७ वटा क्षेत्रमा बिभाजन गरि ७ वटा स्थानीय बिक्रेताहरु मार्फत किताव ढुवानी गर्न लागिएको बताए । उनले भने भर्ना अभियानको समयमा नै किताब वालवालीकाको हातमा पर्ने छ ।

जिल्लाको बिभिन्न क्षेत्रका लागि स्थानीय बिक्रेताले नेपालगञ्जबाट कक्षा ६ देखि १० सम्मको किताबहरु जनक शिक्षा सामाग्रीबाट बुझेर ढुवानी गरि सकेको मुड्केचुलाको कालिका र नर्कुमा जिम्मा लिएका स्थानीय बिक्रेता लंक रोकायाले जानकारि दिए । उनका अनुसार निजी क्षेत्रले बितरण गर्ने १ देखि ५ कक्षा सम्मका किताब नदिएको कारण केहि दिन ढिलाइ हुने बताए । उनले भने यस बर्ष छिट्ै किताब बिद्यार्थीको हातमा पुर्याउने छौ ।

निजी क्षेत्रको किताब नेपालगञ्ज सम्म ढुवानी भै सकेको तर स्थानीय बिक्रेताले ढुवानी र कमिसनमा केहि कुरा नमिलेको कारण किताब जिम्मा नलिएको निजीक्षेत्रका क्षेत्रिय प्रमुख राम हिरा पाठककले जानकारि दिए । 

उनका अनुसार मसिनमा घटीघटाउ नहुनेतर यहि बढाउने कुरामा कुरा नमिले निजीले आफै किताब जिल्लाका बिद्यालयमा पुर्याउने बताए । उनले भने कसिमसन घट्दैन तर अघिल्ला बर्षका तुलनामा सहजता हुदै गएकोले कमिसन बढाउन नसकिने बताए ।

जनक शिक्षा र निजीक्षेत्रले नेपालगञ्ज सम्म किताब पुर्याउने र त्यताबाट स्थानीय बिक्रेताले जिल्लाका बिद्यालयमा पुर्याइ प्रधाना ध्यापकबाट प्रमाणित गरे पछि जिल्ला शिक्षा कायाएलयको सिफारिसमा बिक्रेताले भुक्तानी पाउने प्राबधान रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । स्थानीय बिक्रेताले मिलेमतो गरेर किताब बिद्यालयमा नल्याइ बाटैमा बितरण गर्ने गुनासो बढेकोले त्यस्तो गर्ने बिक्रेतालाइ निगारिन गरिने जनक शिक्षा सामाग्रीले जानकारि दिएको छ । 


यता स्थानीय बिक्रेताले भने जिल्लाका वालावालीका लागि पुग्ने किताब बिद्यालयमा पर्याउने तर निजी र जनक शिक्षा सामाग्रीले स्थानीय बिक्रेतालाइ कमिसन र ढुवानीमा मारमा पार्ने गरेको स्थानीय बिक्रेता पूर्णप्रसाद न्यौपानेले जानकारि दिए । उनले भने यसरि हरेक बर्ष मर्कामा पारे किताव ढुवानी गर्न कठिन हुने बताए । 

जिल्लामा कक्षा एकका बालवालीकाले एक थानको २ सय ३८ रुपैया र कक्षा १० का वालवालीकाको लागि एक थानको ७ सय ४५ रुपैया तिर्नु पर्ने छ । 

सरकारले निःशुल्क प्रधान गर्ने किताब शैक्षिक सत्र सकिन लाग्दा पनि वालवालीकाको हातमा नपर्ने गरेकोले यस बर्ष डोल्पामा छिट्टै बिताव वालवालीकाको हातमा पर्ने जिल्ला शिक्षा कार्यालयको दावी रहेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!