जनप्रतिनिधिलाई स्थानीयले कार्यालयभित्रै थुने, यस्तो छ कारण

Posted on: 15 Feb, 2018

चिसाङ शेर्पा | फागुन ३, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकाललाई  स्थानीयले वडा कार्यालयभित्रै ताला लगाएर थुनेका छन् । नगरपालिकाको १४ नम्बर बुईपाको पञ्चदोवाटो छेउदेखि वडा कार्यालय हुंदै माला जाने ३० लाख लागतको सडक निर्माण कार्यका लागि वडा कार्यालयले प्रकृया पूरा नगरी कार्य अघि बढाएको भन्दै स्थानीयले वडा कार्यालयभित्रै वडाध्यक्ष ढकाललाई ताला लगाई थुनेका हुन् ।  

वडा कार्यालयलले उपभोक्ता समिति नियम अनुसार नबनाएको र आफ्ना मान्छेलाई उपभोक्ता समितिमा राखेर एकलौटी उपभोक्ता बनाएको भन्दै ताला लगाएको स्थानीयले बताएका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उपभोक्ता समिति निर्माण गर्दा वडाध्यक्षले एकलौटी गरेको भन्दै आफुलाई पनि निवेदन आएको र छानविन गर्न नपाउँदै स्थानीयले ताला लगाईदिएको बताउनुभयो । वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर कार्यलाई अगाडी बढाएको हो, यसमा केही मानिसहरुको बुझाईमा कमी भएको हो रिजालको भनाई छ । 

स्थानीयले उपभोक्ता समिति गठनमा चित्त नबुझेको भन्दै गुनासोको निवेदन दिन चाहेको तर, वडा कार्यालयले निवेदन लामो समयदेखि लिन नमानेका कारण उनिहरुले ताला लगाएको प्राराम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउँनुभयो । 

यद्यपी, वडाअध्यक्ष ढकाललाई प्रशासनको निर्देशनमा थुनिएको केहि समयपछि निकालिएको जनाईएको छ । ताला लगाउँने स्थानीयलाई छलफलका लागि झिकाईएको प्रजिअ अधिकारीको भनाई छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!