सल्यानमा ४ जनामा पाठेघरको क्यान्सरको शंका, १० जनाको अप्रेशन गर्नुपर्ने

Posted on: 16 Feb, 2018

फागुन ४, सल्यान । दुइ दिन सम्म कपुरकोटमा चलेको निःशुल्क पाठेघरको समस्या सम्बन्धी शिविरमा पाठेघरको मुखको क्यान्सरको ४ जना संकास्पद विरामी फेला परेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय सल्यानले गरेको निःशुल्क भीआईए परिक्षण अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट ४ जनामा पाठेघरको मुखको क्यान्सरको शंका गरिएको डाक्टर दिपक ढकालले बताए ।


बुधबार र विहिबार दुइ दिन सम्म चलेको शिविरमा ७ जना महिलाको पाठेघरको अप्रेशन गर्नुपर्ने भएकाले दाङ घोराहिमा निःशुल्क अप्रेृशनका लागी रिफर गरिएको छ ।  

यस्तै १० जना पाठेघर (आङ) खसेका महिलालाइ रिङ पेशरि राखेर उपचार गरिएको कपुरकोट गाउँ स्वास्थ्य संयोजक अरुण दाहालले जनाएका छन् । अन्य २०४ जना महिलाले पनि पाठेघर तथा तल्लो पेट दुख्ने लगाएतका समस्या लिएर आएकोमा उपचार र परामर्श पाएका छन् ।

यसैविच पाठेघरको क्यान्सरबाट बच्न आफुमा भएको समस्या लुकाउन नहुने चिकित्सकहरुले बताएका छन् । समयमै जानकारी भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर निको हुने भएकाले बेलैमा चेकजाँचका लागी स्वास्थ्य संस्थमा पुग्नुपर्ने डाक्टर डाक्टर ढकालले बताए ।

कलिलै उमेरमा विवाह नगर्ने, धेरै बच्चा नपाउने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, गोप्य अंगको सरसफाईमा ध्यान दिने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौनरोग एवं गुप्तांगसम्बन्धी रोगको समयमै आवश्यक उपचार गराएमा यो रोगबाट बच्न सकिने डाक्टरहरुको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!