खोटाङमा घाँस काट्न जाँदा लडेर एकको मृत्यु

Posted on: 16 Feb, 2018

चिसाङ शेर्पा/फागुन ४, खोटाङ । खोटाङमा घाँस काट्न जंगलमा गएकोबेलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

खोटाङको रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको भीरबाट लडेर मृत्यु भएको छ । 

बिहिबार दिउँसो घाँस काट्न गएका आचार्य अबेरसम्म घर नफर्किएपछि खोजी गर्नेक्रममा सोही दिन राती ८ बजे खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो । 

बिहिबार आफ्नो ड्यूटी पूरा गरेपछि घर गएका आचार्य घाँस काट्न गएकोबेलामा चिप्लिएर लडेको प्रहरीको अनुमान छ । मृतक आचार्य राष्ट्रिय बाणिज्य बैंक दिक्तेलका सुरक्षागार्ड हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!